scheduleशनिवार आषाढ़ २७ गते, २०७७

सि भ्रमणको क्रममा रेल सेवा विस्तारका लागि महत्वपूर्ण समझदारी हुन्छः भट्टराई

फाइल तस्बिर

काठमाडौं, २२ असोज । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणले दुई मुलुकबीचको विश्वासको वातावरणलाई नयाँ उचाईमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईले राष्ट्रपति सीको भ्रमणका क्रममा नेपालमा रेल सेवा विस्तारका लागि महत्वपूर्ण समझदारी हुने पनि बताएका हुन् । चिनियाँ राष्ट्रपति सीको नेपालको राजकीय भ्रमण आगामी शनिबार र आईतबार हुँदैछ । सोही विषयमा केन्द्रित भएर बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईले राष्ट्रपति सीको राजकीय भ्रमणमा रेल सेवा विस्तार, सडक विस्तार, विद्युतीय लाईन विस्तारलगायतका कनेक्टिभीटीको क्षेत्र नयाँ आयाम थपिने पनि बताए ।

उनले राष्ट्रपति सी र प्रधानमन्त्री केपी ओलीबीच हुने उच्चस्तरीय भेटवार्ताबाट दुई मुलुकबीचको समस्यारहित सम्बन्धले फड्को मार्ने पनि बताए ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले मुलुकको आर्थिक समृद्धि र विकासको अवधारणालाई अघि बढाउन पनि चिनियाँ राष्ट्रपति सीको भ्रमणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बताए । चिनियाँ राष्ट्रपति सीको भ्रमणले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्यको क्षेत्रमा हुँदै आएको सहयोगमा पनि भारी वृद्धि हुने उनको विश्वास छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय