scheduleशनिवार कार्तिक २ गते, २०७६

साफ यु- १५ महिला च्याम्पियनसिप : नेपालको फराकिलो हार

काठमाडाैं, २२ असोज ।  तेस्रो संस्करणको साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपालले फराकिलो हार ब्यहोरेको छ । भुटानको थिम्पुमा बुधबार सुरु भएको प्रतियोगितामा नेपाल पहिलो खेलमा भारतसंग ४–१ गोल अन्तरले पराजित भएको हो ।

भुटानको चाम्लिङथाङ रंगशालामा पहिलो हाफमा २–० ले अघि बढेको भारतले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । भारतका लागि लिन्डा कोम सेड्रोले दुई तथा सुमती कुमारी र प्रियंकाले एक एक गोल गरे । नेपालकी मनमाया दमाईले एक गोल फर्काईन् । तर भारतको राम्रो प्रर्दशन पछि नेपाली टिमले जित्न सकेन ।

नेपालले दोस्रो खेलमा पर्सि शुक्रबार बंगलादेशसँग खेल्नेछ । लिग चरणको अन्तिम खेलमा नेपालले आईतबार भुटानसंग खेल्नेछ । राउण्ड रोबिन लिगका शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage