scheduleबिहिवार मंसिर ५ गते, २०७६

बलात्कार प्रयासको आरोपमा पक्राउ परे लिम्बू

तेह्रथुम, २३ असोज । बालिका बलात्कार प्रयासको आरोपमा पाँचथरका एक युवक तेह्रथुममा पक्राउ परेका छन् । १३ वर्षका बालिका बलात्कार प्रयासको आरोपमा पाँचथरको कुम्मायक गाउँपालिका–४, रानीगाँउ घर भई म्याङलुङमा कोठा भाडामा बस्दै आएका २३ वर्षका सन्तोष लिम्बू पक्राउ परेको प्रहरीले जनाएको छ ।

बालिकाको कोठामै गएर बलात्कार प्रयास भएको पीडितका अभिभावकको उजुरीको आधारमा ती युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक (इन्सपेक्टर) नारायण गौतमले बताए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage