scheduleआइतवार कार्तिक ३ गते, २०७६

‘चीनबाट आर्थिक लाभ लिने गरी नेपालले एजेन्डा राख्नुपर्छ’


ठमाडौं, २३ असोज । नेपालको अधिकतम सहकार्य भइरहेको मुलुक भारत पुगेर काठमाडौं आउने र दुवै मुलुकलाई उत्तिकै समय दिनुले पनि यस क्षेत्रको राजनीतिमा केही संकेत गर्ने परराष्ट्र अधिकारीले बताएका छन् ।

सीको भ्रमणलाई नेपालले दुई देशबीच उच्च राजनीतिक सम्पर्क र सम्बन्ध सुदृढ गर्ने साथै सहयोगको क्षेत्र बढाउने अवसरका रुपमा हेरेको छ । यो भ्रमणको अवसर पारेर नेपालले आर्थिक रुपमा बलियो हुने बिषयलाई प्राथामिकताका उठाउनुपर्ने बताउँछन् चीन मामिलाका जानकार डा.हिरण्यलाल श्रेष्ठ । ‘चीनले ल्याएको बेल्ट एण्ड रोडको परियोजनाबाट नेपाल दक्षिण एसिया र चीनको ठूलो ट्रान्जिट मुलुक बन्ने भएकाले यो विषयलाई महत्वका साथ उठाउनुपर्छ,’ उनी भन्छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिलाका सल्लाहकार डा.राजन भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनफिनको नेपाल भ्रमण उपलब्धिमूलक हुने बताउँछन् । चिनियाँ लगानी नेपालमा भित्र्याउने र चीनसँगको सडक सञ्जाल विस्तारका विषयमा पनि छलफल हुने उल्लेख गर्दै उनले केरुङ–काठमाडौं जोड्ने रेलका विषयमा समझदारी हुने सम्भावना रहेको बताए ।

यस्तै, चीनसँग ऋण लिएर लगानी गर्नु नेपालका लागि प्रत्युत्पादक हुने भएकाले अनुदानमात्र स्वीकार गर्नुपर्नेमा जोड दिन्छन् नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत ।

यसैबीच विहीबार प्रधानमन्त्री केपी ओलीले चीनसँगको एजेण्डाबारे छलफल गर्न पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्र मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage