scheduleआइतवार जेष्ठ १८ गते, २०७७

विदेश भ्रमणमा निस्कँदै राष्ट्रपति र प्रधानमन्त्री


काठमाडौं, २३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमणको तयारी सुरु भएको छ । कात्तिक पहिलो साता राष्ट्रप्रमुख भण्डारी जापान र सरकार प्रमुख प्रधानमन्त्री ओली अजरबैजान जाने भएका हुन् ।

चिनियाँ राष्ट्रपति सी जिनफिनको नेपाल भ्रमण सकिएपछि राष्ट्रपति कात्तिक ३ गते जापान र प्रधानमन्त्री कात्तिक ८ गते अजरबैजान जाने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारी जापानका नयाँ साम्राट नारुहितोको गद्दी आरोहण एवं राज्याभिषेकमा सहभागी हुन त्यसतर्फ जान लागेकी हुन् । जापानी नयाँ सम्राट नारुहितोको राज्याभिषेक कात्तिक ५ गते हुनेछ ।

Dish_Home

यस्तै प्रधानमन्त्री ओली कात्तिक ८ र ९ मा अजरबैजानमा हुने असंलग्न राष्ट्रहरूको १८ औँ सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय