scheduleबुधवार आश्विन २९ गते, २०७६

सत्तारुढ नेकपाभन्दा अगाडि नै चियापान गर्दै प्रमुख प्रतिपक्षी कांग्रेस  

फाइल फोटो

काठमाडौं, २३ असोज । प्रमुख राजनीतिक दलहरुले हरेक वर्ष चाडवाडका बेला गर्ने चियापान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिँदै छन् । सत्तारुढ दल नेकपा र प्रतिपक्षी नेपाली कांग्रेसले चियापान कार्यक्रम तय गरेका छन् ।

नेकपाले चाडबाडको अवसरमा गर्ने चियापानमा एक लाखलाई निम्तोको तयारी गरेको छ । नेकपाले दसैँ, तिहार, छठ, नेपाल सम्बत, उधौली लगायत अवसरमा २९ असोजमा शुभकामना आदान–प्रदानसहित कार्यक्रम भृकुटीमण्डपमा गर्ने भएको हो । पार्टी पंक्तिबाहेक १ लाखलाई निमन्त्रणा पत्र नै पठाउने नेकपाको तयारी छ ।

यस्तै नेपाली काँग्रेसले असोज २६ गते कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम गर्ने भएको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले असोज २६ गते कोजाग्रत पूर्णिमाको दिन दशैं, तिहार र छठको अवसर पारेर पार्टीले चियापान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएका छन् । चियापान पार्टी कार्यालय सानेपामा हुनेछ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage