scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

चितुवाको आक्रमण रोक्न हतियारसहित डेढ सय सुरक्षाकर्मी परिचालित


तनहुँ, २३ असोज । तनहुँमा चितुवाको आक्रमणमा परि एकै वर्षमा लगातार तीन जनाको मृत्यु भएपछि सुरक्षाकर्मी परिचालित गरिएको छ । भानु नगरपालिकामा चितुवा नियन्त्रणका लागि हतियारसहित सुरक्षाकर्मी पुनः परिचालन गरिएको हो ।

दशैंको टिकाको दिन साँझ घरमै पिङ खेलिरहेका भानु १ भन्सारका एक बालकको उपचारका क्रममा मृत्यु भएपछि त्यस क्षेत्रमा फेरि सतर्कता बढाइएको छ । साँझ भएको घटनामा स्थानीय ४ वर्षका आशिक बानियाँको मृत्यु भएको थियो । २ सय मिटर पर लछार्दै भएको घटनामा परी घाइते बानियाँको उपचारका क्रममा लक्ष्मी अस्पतालमा मंगलबार साँझ नै मृत्यु भएको थियो ।

तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले बुधबार घटनास्थलको निरिक्षण गर्दै हरसम्भव सतर्कता र नियन्त्रणका उपाय अपनाउन प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् ।

उनले प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी उपरीक्षक विनोद सिलवाललाई घटनास्थल वरपर सुरक्षाका उपाय अपनाउन र आवश्यक पर्ने सबै बल प्रयोग गरेर स्थानीयलाई जोगाउन पनि आग्रह गरे ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage