scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

नेपालका आँखा अस्पतालमा भारतीय बिरामीको चाप


बारा, २३ असोज । परवानीपुरको केडिया आँखा अस्पतालमा उपचार गराउन भारतबाट आउने बिरामीको संख्या बढ्दै गएको छ । भारतको बिहार र उत्तर प्रदेशका दर्जनौं आँखाका बिरामीहरु उपचारका लागि आरएम केडिया आँखा अस्पतालमा उपचारका लागि आउने गरेको अस्पताल स्रोतले जनाएको छ ।

अन्य स्वास्थ्य सेवामा नेपालमा विश्वसनियता नभएपनि आँखाका बिरामीहरु उपचारका लागि नेपालका अस्पतालहरुमा आउने गरेका छन् । भारतबाट दैनिकजसो भारतबाट आँखा उपचारका लागि अस्पताल आउने बिरामीको संख्या ४० प्रतिशत रहेको अस्पतालको भनाइ छ ।

आँखाको उपचार राम्रो हुनुका साथै सस्तो पनि हुने भएकाले आर्थिक रुपले कमजोर भएकाहरु बारा आउने गरेका छन् । वार्षिक १ लाख ५० हजारको हाराहारीमा बिमारीले सेवा लिने गरेको र तीमध्ये करिब २० हजार जनाको आँखाको शल्यक्रिया हुने गरेको डा. सुदर्शन काफ्लेले जानकारी दिए ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage