scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

टी–ट्वान्टी सिरिजको अन्तिम खेलमा आज नेपाल र ओमानबीच प्रतिस्पर्धा


काठमाडौं, २३ असोज । पाँच देशीय टी–ट्वान्टी सिरिजको अन्तिम खेलमा नेपालले आज आयोजक ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अम्रेट क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा ३ बजेबाट सुरु हुनेछ ।

नेपालले सुरुवाती दुई खेलमा जित हासिल गरेपनि तेस्रो खेलमा हिजो आयरल्याण्डसँग पराजित भएको थियो । लिग चरणको सुरुवाती दुई खेलमा नेपालले हङकङ र नेदरल्याण्डलाई भने पराजित गरेको थियो । सिरिजको अन्तिम खेलमा घरेलु टोलीविरुद्व अप्रत्यासीत जित निकाल्ने दाउ नेपालको हुनेछ ।

यता, तालिकाको शीर्ष स्थानमा रहेको घरेलु टोली ओमान भने नेपालमाथि जित हात पार्दै सिरिज उपाधि कब्जा गर्न चाहन्छ । ओमानले यसअघि आयरल्याण्ड, हङकङ र नेदरल्याण्डलाई हराएको थियो । ओमान ३ खेलबाट ६ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा छ । नेपाल मात्र ४ अङ्क बटुल्दै तालिकाको तेस्रो स्थानमा छ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage