scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा आज नेपाल र अष्ट्रेलिया खेल्दै


काठमाडौं, २३ असोज । विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा नेपालको राष्ट्रिय फुटबल टिमले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।
अष्ट्रेलियाको जियो स्टेडियम क्यानबेरामा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ । विश्वकप फुटबलमा लगातार सहभागीता जनाउँदै आएको अष्ट्रेलियासँग नेपाली फुटबल टिमले छनोटको तेस्रो खेल खेल्न लागेको हो ।

अष्ट्रेलिया वरियताको ४४ औं स्थानमा छ भने नेपाल १ सय ६१ औं स्थानमा छ । युरोपेली क्लब फुटबलका शीर्ष डिभिजनको लिगमा अभ्यस्त खेलाडीसहित मैदान उत्रन लागेको घरेलु टोली अष्ट्रेलिया नेपालमाथि धेरै गोल गर्ने लक्ष्य सहित मैदान उत्रने छ ।

छनोटको तयारीका लागि नेपाली टिम हप्ता दिन अघिनै सिड्नी पुगेको थियो । यसअघि नेपालले कुवेत र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गरेको थियो ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage