scheduleबुधवार मंसिर २५ गते, २०७६
Bajaj
Global IME

महाभियोग छानबिनमा ह्वाइट हाउसको असहयोग


एजेन्सी, २३ असोज । ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोगको छानबिनलाई नसघाउने जनाएको छ ।

विपक्षी डेमोक्र्याटहरुले अमेरिकी कंग्रेसमा थालेको महाअभियोगको छानबिनलाई ह्वाइट हाउसले दलीय पूर्वाग्रहपूर्ण तथा असंवैधानिक भन्दै नसघाउने जनाएको हो ।

डेमोक्र्याटका अगुवाहरूलाई एक पत्र लेख्दै ह्वाइट हाउसका वकिलले पक्षपातपूर्ण एवं उचित प्रक्रिया नअपनाइएका छानबिनमा राष्ट्रपति ट्रम्पले नसघाउने उल्लेख गरेका छन् ।

यसअघि राष्ट्रपति ट्रम्पले युरोपेली संघका निम्ति उनका राजदूतलाई सदनले थालेको छानबिनमा बयान नदिन आदेश दिएका थिए ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage