scheduleआइतवार कार्तिक ३ गते, २०७६

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते


तनहुँ, २३ असोज । तनहुँमा भएको एक सवारी दुर्घटनामा परी एकको मृत्यू भएको छ भने दुई घाइते भएका छन् । घाइते भएका श्रीमान र छोरा हुन् भने मृत्यू हुने घाइतेको श्रीमती हुन् ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा बोलेरो जीपको ठक्करबाट भरतपुर महानगरपालिका–११ बस्ने ३० वर्षीया शोभा धितालको मृत्यू भएको हो । मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको बा.१८च ५३१६ नं. को बोलेरो जीपले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नं ३–००–०१ प ८३ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार धितालको मृत्यु भएको हो भने उनका पती ३६ वर्षीय सुरज धिताल र छोरा नौ वर्षीय अर्पण धिताल घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकी शोभाको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेद्वय सुरज र अर्पणको पनि सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage