scheduleबिहिवार कार्तिक २८ गते, २०७६

स्थानीय महिला बलात्कारको आरोपमा मालपोत प्रमुख प्रहरी खोरमा


भीमदत्तनगर, २३ असोज । कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी पक्राउ परेका छन् । स्थानीय एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएपछि बेलौरी मालपोत कार्यालयका प्रमुख ऐडीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

‘महिलाले आरोप लगाएपछि सोधपुछका लागि नियन्त्रणमा लिएका हौँ,’ इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले भने, ‘घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको छ ।’

उनले मोलपोत प्रमुख ऐडीलाई सोधपुछ भइरहेको बताउँदै कुनै खाले जाहेरी नआएको बताए । ‘अहिलेसम्म मुद्दा दर्ता भएको छैन,’ चन्दले भने, ‘घटनाबारे सोधपुछकै लागि हामीले महिलालाई पनि नियन्त्रणमा लिएका छौँ ।’ रासस

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage