scheduleमगलवार मंसिर ३ गते, २०७६

सी भ्रमणः ‘फूल कार्गेड रिहर्सल’ गर्दै सुरक्षाकर्मी

फाइल फोटो

काठमाडौँ, २३ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणको तयारी स्वरुप नेपालका सुरक्षाकर्मीले विहीबार ३ बजे ‘फूल कार्गेड रिहर्सल’ गर्ने भएका छन् । राष्ट्रपति सी शनिबार नेपाल आउँदै छन् । उनको सुरक्षार्थ तथा सवारी चलाउनका लागि तैनाथ हुने सुरक्षाकर्मीहरुले यस्तो रिहर्सल गर्न लागेका हुन् ।

सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति सी रहने सोल्टी होटलसम्म पुरै सुरक्षा व्यवस्थाका साथ सवारी चलाएर ‘फूल कार्गेड रिहर्सल’ गर्न लागेको गृह स्रोतले जनाएको छ ।

गृहका अनुसार राष्ट्रपति सीलाई चीनबाट उनको साथमै आउने निजि अंगरक्षकले पनि सुरक्षा दिनेछन् । साथसाथै पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिम घेरमा नेपाल अनुसन्धान विभागका सुरक्षाकर्मीहरुले सुरक्षा प्रदान गर्ने तयारी छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage