scheduleशुक्रवार मंसिर ६ गते, २०७६

इरानमा रिहा भइन् रुसी पत्रकार


एजेन्सी, २३ असोज । इरानले पक्राउ परेका रुसका एक पत्रकारलाई मुक्त गरेको छ । इजरायली गुप्तचर निकायसँग सम्पर्क भएको आरोपमा ३८ बर्षीया युलिया युजिक तेहरानका गत हप्ता पक्राउ परेकी थिइन ।

उनलाई प्रवेशआज्ञा उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको इरानी सरकारका प्रवक्ताले बताएका छन् । तर रसियाली दूतावासले उनलाई इजरायली सुरक्षा सेवामा काम गरेको आरोप लगाएको छ ।

रसियाली विदेश मन्त्रालय र तेहरानमा रहेको रूसी दूतावासको संयुक्त प्रयासमा इरानले रुसी पत्रकार युलियालाई रिहा गर्ने निर्णय गरेको दूतावासले ट्वीटरमार्फत जानकारी दिएको छ ।

युलिया मस्को फिर्ता हुने उडानबाट रुसी राजधानीमा अवतरण गरेकोे युलियाका पूर्व पतिको रूपमा चिनिने पत्रकार बोरिस भोइटसेखोभस्कीे फेसबुकमा बताएका छन् ।

गिरफ्तारीको अवस्था स्पष्ट गर्न रुसले गत हप्ता इरानी राजदूतलाई बोलाएको थियो । युलियाले न्युजवीकको रुसी संस्करणसहित धेरै प्रकाशनका लागि काम गरिसकेकी थिइन ।

उनले २००४ मा स्कूलमा भएको नरसंहारबाट बचेका साक्षीहरूको गवाहीको आधारमा ‘बेस्लान शब्दकोश’ सहित दुई पुस्तकहरू लेखेकी छिन् । यस नरसंहारमा कम्तीमा ३३० व्यक्तिको ज्यान गएको थियो । जसमध्ये आधा भन्दा बढी बालबालिका रहेका थिए । रासस

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage