scheduleमगलवार आश्विन २८ गते, २०७६

सुधारिँदै साउदी, अब सेनामा महिला पनि भर्ना हुन पाउने

Source: Getty Image

एजेन्सी, २३ असोज । पछिल्लो समय साउदी अरेबियाले आफ्नो कट्टरपन्थी लगावलाई खुकुलो बनाउँदै गएको छ । सरकारको पछिल्लो निर्णयअनुसार अब साउदी अरबले महिलाहरूलाई पनि सेनामा भर्ना गराउने भएको छ ।

साउदीले महिलालाई पनि सेनामा भर्ना गराउने निर्णय त्यहाँका एक मन्त्रीले ट्वीटमार्फत् सार्वजनिक गरेका छन् । बुधबार साउदीका पराराष्ट्रमन्त्रीले ट्विटमार्फत यस्तो जानकारी सार्वजनिक गरेका हुन् । ती मन्त्रीले महिला सशक्तीकरणका लागि यो अर्को पहल हुनेसमेत स्पष्ट पारेका छन् ।

साउदीको नयाँ निर्णय आर्थिक र सामाजिक क्षेत्रमा व्यापक सुधार कार्यक्रममा आधारित रहेको छ । यसअघि साउदी अरबको छवि एक कट्टरपन्थी मुस्लिम राष्ट्रको रुपमा थियो । पछिल्लो समय उक्त देशले महिलामैत्री निर्णयहरु गर्न सुरु गरेको हो । साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सल्मानले महिला अधिकारका यस्ता खुकुला निर्णयहरु गराउन महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।

स्मरणीय छ, यसअघि उनले महिलाले पनि हो होटलको कोठा भाडामा लिएर बस्ने नियम सुरु गरेका थिए । विगतमा होटलमा बस्न चाहने दम्पतीले पनि विवाहित रहेको कागजात होटलसमक्ष प्रस्तुत गर्नुपर्ने नियम थियो। यसका साथै साउदी विदेशी अविवाहित जोडीले पनि होटलको कोठा भाडामा लिन पाउने नियम लागू भएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage