scheduleबुधवार आश्विन २९ गते, २०७६

पहिलो हाफमै नेपालको पोष्टमा अष्ट्रेलियाको ३ गोल


क्यानबेरा, २३ असोज । विश्वकप फुटबल २०२२ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको प्रतियोगितामा नेपाल र अष्ट्रेलिया बीचको खेल जारी छ । अस्ट्रेलियाको क्यानबेरामा जारी विश्व कप छनोट खेलको पहिलो हाफमा घरेलु टोलीसँग नेपाल ३–० ले पछि परेको छ ।

अष्ट्रेलियाले खेलको ६, १९ र २४ मिनेटमा गरी तीन गोल गरेको हो । अस्ट्रेलियाका जिमि म्याकलेमले २ र ह्यारी सौटरले १ गोल गरेका हुन । निरन्तर दवाबमा खेलिरहेको नेपालविरुद्ध अष्ट्रेलिया हावी देखिएको छ ।

खेलको छ मिनेटमानै नेपालले गोल खाएको थियो । फेरी १९ औं मिनेटमा पनि जिमिल अर्को गोल थपे । यस्तै २४ औं मिनेटमा ह्यारीले टिमका लागि तेस्रो र व्यक्तिगत पहिलो गोल गरेका छन् ।

यसअघि पहिलो खेलमा कुवेतसँग ७-० गोलले पराजित भएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई २-० गोलले हराएको थियो । नेपाल फिफा वरीयतामा एक सय ६१ स्थानमा छ भने अष्ट्रेलिया ४४ स्थानमा छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage