scheduleमगलवार आश्विन २८ गते, २०७६

शेयर बजार : नेप्सेमा मा झिनो गिरावट

काठमाडौं, २३ असोज । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा झिनो गिरावट आएको छ । बिहिबार सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ०.३९ अंकले घटेर एक हजार एक सय ४९.०१ अंकमा पुगेको छ । नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स्ट पनि ०.०४ अंकले घटेर २ सय ५१.९५ अंकमा पुगेको छ ।

आज बजारमा कारोबारमा आएका १२१ कम्पनीका २ लाख ३२ हजार ६१९ कित्ता सेयर ६ करोड ३८ लाख ४५ हजार ४११ रुपैयाँमा कारोबार भए ।

नेप्से घटेको दिन बजारमा कारोबारमा आएका ११ वटा समूहगत उपसूचकमध्ये ६ समूह उकालो लागे भने बाँकी ५ समूह ओरालो लागे । निर्जीवन बिमा समूह सर्वाधिक ७.४२ अंकले उकालो लाग्यो भने जीवन बिमा समूह सर्वाधिक ४५.१३ अंकले ओरालो लाग्यो ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage