scheduleमगलवार आश्विन २८ गते, २०७६

उपनिर्वाचनमा साढे ४ लाख मतदाता : निर्वाचन आयोग

काठमाडौं, २३ असोज ।  मंसिर १४ गते हुने उपनिर्वाचनमा साढे ४ लाख मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीअनुसार उपनिर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ मतदाता रहेका छन् ।

मंसिर १४ गते प्रतिनिधिसभाको १, प्रदेशसभाको ३, नगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउाँलिका उपाध्यक्ष १ र गाउँपालिका तथा नगरपालिकाका वडाअध्यक्ष ४३ गरी कुल ५२ पदमा निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगका अनुसार २ लाख ३३ हजार ४ सय २ महिला र २ लाख २० हजार ७ सय १० जना पुरुष छन् । त्यस्तै २ जना समलिंगी तेस्रोलिंगी मतदाता रहेका ले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन हुने कास्की क्षेत्र नम्बर २ मा ७१ हजार ८ सय ७१ मतदाता पुगेका छन् । त्यस्तै प्रदेशसभा सदस्य पदको उपनिर्वाचन हुने भक्तपुरको निर्वाचन क्षेत्रमा ४५ हजार १५, बाग्लुङको निर्वाचन क्षेत्रमा ३६ हजार ९ सय २२६ र दाङको निर्वाचन क्षेत्रमा ७३ हजार १ सय ७२ मतदाता रहेका आयोगका प्रवक्ता गिरिजा शर्माले जानकारी दिएका छन् ।

 

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage