साहित्यतर्फको नोबेल पुरस्कार ओल्गा र पिटरलाई
एजेन्सी, २३ असोज । सन् २०१८ को साहित्यतर्फको नोबेल पुरस्कार पोल्याण्डकी लेखिका ओल्गा टोकारजुक र सन् २०१९ को नोबेल पुरस्कार अस्ट्रियाली लेखक पिटर हान्डकेलाई प्रदान गरिने भएको छ।
पुरस्कारका लागि आठ जनाको नाम प्रारम्भिक छनोटमा परेको र त्यसमध्ये दुई जनालाई सन् २०१८ र २०१९ का लागि पुरस्कृत गर्ने निर्णय भएको नोबेल कमिटीले बताएको छ ।
पुरस्कृत व्यक्तित्वहरूले जनही ९ लाख १८ हजार अमेरिकी डलर र स्वर्ण पदक एवं प्रमाणपत्र प्राप्त गर्नेछन्। रसायनशास्त्र, चिकित्साशास्त्र र भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार यसअघि नै घोषणा गरिसकिएको छ।