scheduleसोमवार जेष्ठ १२ गते, २०७७

महराको मुटु र स्वासप्रस्वासमा समस्या

फाइल फोटो

काठमाडौँ, २३ असोज  ।  यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको मुटु र स्वासप्रस्वासमा समस्या देखिएको छ । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका महरालाई थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ ।

नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल पुर्‍याइएका महराको स्वास्थ्य परिक्षण पश्चात अस्पताल नै भर्ना गर्नुपर्ने अवस्था देखिएको हो  ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले भने- ‘उपचारमा स‌ंलग्न चिकित्सकले नै भर्ना गर्नुपर्छ भनेपछि अस्पताल भर्ना गरिएको हो ।’
महराको पक्राउ परेको दिनदेखि नै रक्तचाप अनियन्त्रित भएको थियो भने स्वासप्रस्वासमा पनि केही समस्यादेखिएको थियो ।

Dish_Home

संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा आफूमाथि महराले बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएपछि महरालाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन प्रहरीलाई बाटो खुलेको हो ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय