बहिनीलाई जिस्क्याएको निहुँमा खुर्पा प्रहार गरेपछि…
भोजपुर, २३ असोज । भोजपुरमा धारिलो हतियार खुर्पा प्रहारबाट पाँच जना घाइते भएका छन् । बुधबार साँझ भोजपुर नगरपालिका ११ बस्ने स्थानीय शुभन सुन्दास र शुशिल सुन्दासले खुर्पा प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
आफ्नी बहिनीलाई स्थानीय सबिन पाठकले जिस्क्याएको भन्दै उनीहरुले कुटपीटसंगै खुर्पा प्रहार गरेका हुन् । खुर्पा प्रहारबाट स्थानीय शुशिल सुन्दास, सबिन पाठक, नबिन पाठक, बलराम पाठक र शुभन सुन्दास घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते मध्ये दुई जनालाई थप उपचारको लागि धरान स्थिति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र अर्का एक जनालाई कोशी अञ्चल अस्पताल विराटनगर रेफर गरिएको छ ।