ब्राजिललाई सेनेगलले बराबरीमा रोक्यो
काठमाडौँ, २४ असोज । गएराति भएको अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा ब्राजिललाई सेनेगलले एकएक गोलको बराबरीमा रोक्न सफल भएको छ ।
खेलको नवौँ मिनेटमा नै रोबर्टो फिरमिनोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।
तर, खेलको ४५ औँ मिनेटमा सेनेगलले पेनाल्टी पायो । सेनेगलका लागि फामाराले पेनाल्टीको सदुपयोग गर्दै बराबरी गोल फर्काए ।
त्यसपछि खेलमा गोल हुन सकेन ।