नेदरल्याण्डले सानदार कमव्याक गरेपछि…
काठमाडौँ, २४ असोज । युरो छनोट कपमा नेदरल्याण्डले नर्दन आयरल्याण्डलाई ३-१ गोलले पराजित गरेको छ ।
नेदरल्याण्डलाई जित दिलाउन मेम्फिस डिपेले दुई गोल गरे भने लुक डि जोङले एक गोल गरे ।
खेलमा अग्रता भने नर्दन आयरल्याण्डले लिएको थियो ।
आयरल्याण्डका लागि जोश म्यागानिशले गोल गरेका थिए ।
तर, त्यसपछि खेलमा नेदरल्याण्डले सानदार कमव्याक गरेको थियो । नेदरल्याण्डका लागि मेम्फिस डिपेले बराबरी गोल गरे । खेलको अन्तिम समयमा नेदरल्याण्डले गोल गरेको थियो ।
खेलको ९० औँ मिनेटमा लुक डि जोङले गोल गरे भने अन्तिम समयमा डिपेले गोल गरे ।
शिर्षस्थानमा रहेको नेदरल्याण्डको १२ अंक रहेको छ भने तेस्रो स्थानमा रहेको आयरल्याण्डको पनि १२ अंक रहेको छ । जर्मनीको पनि समान १२ अंक रहेको छ ।