scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

४४ सामुदायिक विद्यालयका शिक्षकले तलव पाएनन्

सांकेतिक तस्बिर

दार्चुला, २४ असोज । दार्चुला जिल्लाका सामुदायिक विद्यालयका शिक्षकहरुले तलबभत्ता नपाएको गूनासो गरेका छन् । गाउँपालिकामा रहेका ४४ विद्यालयमा कार्यरत स्थायी तथा अस्थायी शिक्षकहरुले तलब भत्ता नपाएको गुनासो गरेका हुन् ।

चालु आर्थिक वर्षको साउन महिना देखिको तलबभत्ता नपाएको मालिकार्जुन माविका प्रधानाध्यापक भुवन डाँगाले जानकारी दिए। मालिकार्जुन गाउँपालिकामा रहेका ४४ विद्यालयमा कार्यरत स्थायी तथा अस्थायी शिक्षकहरुले साउन महिनायताको तलबभत्ता नपाएका हुन् ।

विगतका वर्षहरुमा दशैँतिहारका बेला पेश्की सहित तलबभत्ता प्राप्त गर्दै आएको भएपनि विगतमा नेपाल सरकारले शिक्षकहरुलाई चौमासिक रुपमा तलबभत्ता निकाशा गर्ने गरेको भएपनि पछिल्लो सयम माध्यमिक तहसम्मको विद्यालय सञ्चालनका लागि स्थानीय सरकारलाई नै अधिकार प्रत्यायोजन गरेपछि यो समस्या देखिएको शिक्षकहरुको गूनासो छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay