scheduleआइतवार मंसिर १ गते, २०७६

टी-२० वरीयतामा थपिए नेपालका ३ खेलाडीहरु

काठमाडौं,  २४ असोज  । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले सार्वजनिक गरेको टी-२० वरियतामा नेपालका तीन खेलाडी पहिलो पटक समावेश भएका छन्। राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने, करण केसी र अविनाश बोहरा पहिलो पटक आइसिसीको टी-२० क्रिकेटको नयाँ वरियतामा समावेश भएका हुन्।

नेपाली बलरहरुमा सन्दीप शीर्ष स्थानमा छन्। वरियताको बलिङतर्फ सन्दीप ६४औँ स्थानमा रहेका छन्। सन्दीपले ४२२ रेटिङ अंक पाएका छन्। यस्तै ३७७ रेटिङ अंक पाएका करण ८३औँ स्थानमा छन्। ३५२ रेटिङ अंक पाएका अविनाश १००औँ स्थानमा छन्।

त्यस्तै बलिङतर्फ सोमपाल ४०८ रेटिङ अंकसहित ६८औँ स्थानमा छन्। ३८६ रेटिङ अंक पाएका वसन्त ९०औँ स्थानमा झरेका छन्। टी-२० को अलराउन्डर वरियतातर्फ कप्तान पारस २४औँ स्थानमा उक्लिएका छन्। कप्तान खड्काले १०८ रेटिङ अंक पाएका छन्।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage