scheduleमगलवार आषाढ़ ३० गते, २०७७

चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतमा


चेन्नाई, २४ असोज चीनका राष्ट्रपति सी चिनफिङ भारत भ्रमणका सन्दर्भमा शुक्रबार अपराह्न चेन्नाई आइपुगेका छन् ।

उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक शिखर बैठकका लागि चेन्नाई आएका हुन् ।

बैठकका क्रममा दुबै नेताबीच दिर्घकालीन र रणनीतिक महत्व राख्ने द्विपक्षीय सम्बन्धका सबै विषयमा गम्भीर विचारविमर्श हुनेछ ।

चेन्नाई भारतीय राज्य तमिलनाडुको प्रान्तीय राजधानी हो । तमिलनाडु दक्षिण भारतकै प्रमुख सांस्कृतिक, आर्थिक तथा शैक्षिक केन्द्र पनि हो ।

राष्ट्रपति सीको चेन्नाईमा भव्य स्वागत गरिएको थियो ।

भारत भ्रमणपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबारदेखि नेपालको दुई दिने भ्रमण गर्नेछन् । रासस/सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय