scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

घरेलु टोली चेकसँग इङ्ल्याण्ड स्तब्ध, रोकियो अपराजित यात्रा


एजेन्सी, २५ असोज । युरो छनोट २०२० को छनोटमा घरेलु टोली चेक रिपब्लिकसँग इंग्ल्यान्डल स्तब्ध भएको छ । पराजयसँगै इंग्ल्यान्ड १० वर्षपछि युरो छनोटमा पराजित हुन पुगेको हो । छनोट चरणमा ४३ खेलसम्मको अपराजित यात्रामा यो पराजयसँगै पूर्णविराम लागेको छ ।

रिपब्लिकसँग २–१ ले स्तब्ध खेलमा इंग्ल्यान्डले सुरुवाती अग्रता लिएको थियो । इडेन एरिना प्राहामा शुक्रबार राति भएको खेलको पाँचौ मिनेटमा कप्तान ह्यारी केनको पेनाल्टीबाट पाहुना टोली इंग्ल्यान्डले सुरुवाती अग्रता लिएको हो ।

यद्यपि, घरेलु टोलीले इङ्ल्याण्डको यो खुसी लामो समय टिक्न दिएन । नवौं मिनेटमा ज्याकुव ब्रावेकले बराबरी गोल फर्काएर स्थितिलाई बराबरीमा फर्काए । उनले अन्डरेज सेलस्टकाको कर्नरमा प्राप्त बललाई गोलमा परिणत गरेका हुन् ।

प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो । ८५औं मिनेटमा वैकल्पिक खेलाडी जेडेनेक ओन्ड्रासेकले गोल गर्दै घरेलु टोलीलाई २–१ ले अघि बढाए । उनको गोल नै इङ्ल्याण्डको अपराजित यात्रा रोक्न सफल भयो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage