scheduleशुक्रवार मंसिर ६ गते, २०७६

आज गैरआवासीय नेपाली दिवस


काठमाडौं, २५ असोज । आजको गैर आवासीय नेपाली दिवस विभिन्न कार्यक्रम गरी मनाईदैछ । रोजगारी, बसाईसराई या शिक्षाको लागि अन्य देशमा बसोबास गर्ने नेपालीलाई गैर आवासीय नेपाली भन्ने गरिएको छ ।

हरेक वर्ष असोज २५ गतेका दिन गैर आवासीय नेपालीहरुको दिवस मनाउने गरिएको छ । जसको जन्मभुमि नेपाल भएतापनि कारणवश विदेशमा नागरिकता लिएर बसेका वा पूर्व नेपाली नागरिक भएर विदेशी नागरिकता स्वीकार गरेका नेपालीहरुलाई पनि गैरआवसीयको रुपमा मानिएको छ ।

सन् २००७ मा जारी गरिएको गैर आवासीय नेपाली ऐनले दक्षिण एसियाली क्षेत्रीय सङ्गठनका सदस्यहरु सार्क देशमा बसोबासगर्ने नेपाली मूलका नागरिक र लामो समयसम्म विदेशमा बस्ने विद्यार्थीहरु र नेपाल सरकारका परराष्ट्र मातहतका कर्मचारीहरुलाई गैर आवासीय नेपालीमा समावेश नगर्ने स्पष्ट पारेको छ । अहिले नेपालका विभिन्न क्षेत्रहरुमा गैरआवासीय नेपालीहरुको लगानी र सहयोग बढ्दै गएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage