scheduleआइतवार मंसिर १ गते, २०७६

मन्त्री दुलालद्वारा खेलमैदान उद्घाटन

काठमाडौँ, २६ असोज । प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश सरकारको गत आर्थिक वर्षको ५० लाख बजेटबाट काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–५ मा नवनिर्मित खेलमैदानको उद्घाटन गरेका छन् ।

साथै उनले उक्त खेलमैदानमै चाडपर्वको अवसरमा कामीडाँडा रूपान्तरण तथा संरक्षण विकास केन्द्रद्वारा आयोजित खुला नकआउट फुटबल प्रतियोगिताको समेत उद्घाटन गरे ।

सो अवसरमा उनले वर्तमान कम्युनिष्ट नेतृत्वको सरकारले विकासको क्षेत्रमा क्रान्ति नै ल्याउने जिकिर गरे । उनले भने, “न्यायको क्रान्ति सकियो, अब विकास निर्माणको क्रान्ति गर्ने हो, गरिरहेका छौँ ।” उहाँले विकास निर्माणको क्रान्तिमा सबै पक्ष एकजुट हुन आग्रह पनि गरे ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage