scheduleबिहिवार मंसिर १८ गते, २०७७

चिनियाँ राष्ट्रपति सी भ्रमणः डा. भट्टराईले सार्वजनिक गरे दुई असन्तुष्टि


काठमाडौं, २६ असोज । चीन राष्ट्रपति सि चिनफिङ दुई दिने राजकीय नेपाल भ्रमण सकेर आइतबार स्वदेश फर्किसकेका छन् । सोही भ्रमणलाई लिएर समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दुई असन्तुष्टि व्यक्त गरेका छन् ।

‘चीनका महामहिम राष्ट्रपतिको ऐतिहासिक नेपाल भ्रमणका लागि नेपाल र चीनको सरकारलाई हार्दिक बधाई,’ चिनियाँ राष्ट्रपतिको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाई भइरहेको बेला २ ट्वीट सन्देश सार्वजनिक गर्दै उनले भनेका छन्, ‘तर भ्रमणको क्रममा नेपाल सरकारले केही कुरामा ध्यान पुर्‍याएन कि ?’

भट्टराईका पहिलो असन्तुष्टि नेपालका राष्ट्रपतिलाई दिइएको भूमिकासँग छ । उनी भन्छन्, ‘नेपालका संवैधानिक राष्ट्रपतिसँग शिष्टाचार भेट मात्र गरेर सबै औपचारिक वार्ता र सहमति/समझदारी कार्यकारी प्रधानमन्त्रीसंग हुनुपर्ने थियो ।’

भट्टराईको अर्को असन्तुष्टि मधेसमा जनाधार भएका नेताहरुलाईसँग भेटघाट नगर्नुसँग जोडिएको छ । ‘उत्तरी छिमेकका राष्ट्रपतिलाई मधेसकेन्द्रित वा आधार भएका दलका नेताहरूसँग पनि भेटाउनुपर्थ्यो,’ उनी लेख्छन्, ‘अन्यथा उत्तरी छिमेकीले हिमाल/पहाड र दक्षिण छिमेकीले मधेस/तराई मात्र हेर्ने गलत परम्परा बस्न र भावनात्मक दूरी बढ्न सक्छ । भविष्यमा यस्ता संवेदनशीलतामा ध्यान पुगोस् । तैपनि सबैको जय होस् !’

डा. भट्टराई लगायत पूर्वप्रधानमन्त्री र समाजवादी पार्टीका नेताहरुलाई शनिबार रातिको रात्रि भोजमा भने बोलाइएको थियो ।

डा. भट्टराईले सीको नेपाल भ्रमणको भने मुक्तकण्ठले प्रशंसा गरेका थिए । ‘चीनका महामहिम राष्ट्रपति सी जीनपिंगको नेपाल भ्रमणले दुई देशबीचको मैत्री सम्बन्धलाई नयाँ उँचाइमा पुर्‍याउने प्रष्ट संकेत गरेको छ,’ शनिबार उनले जारी गरेको ट्वीट सन्देशमा लेखिएको छ, ‘राष्ट्रपति सीको ‘नेपाल भूपरिवेष्ठितबाट भूजडित बन्नेछ’ भन्ने भनाईले हामीले भन्दै आएको ‘दुई छिमेकीबीचको गतिशील पुल’ ले मूर्तता लिने सम्भावना बढाएकोछ ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay