scheduleआइतवार मंसिर १ गते, २०७६

६७ वर्षीय वृद्धले मध्यरात अन्धाधुन्द गोली चलाए, चारको मृत्यु


सिकागो, २६ असोज । संयुक्त राज्य अमेरिकाको सिकागोको उत्तरपश्चिम क्षेत्रमा एक अपार्टमेन्टमा गोली चल्दा चार जनाको मृत्यु भएको र एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

विगत १५ वर्षदेखि अपार्टमेन्टमा बस्दै आएका एक जना ६७ वर्षीय निर्माण मजदूरले त्यही अपार्टमेन्टमा रहेका व्यक्तिमाथि शनिबार राति गोली चलाएका थिए ।

मारिएकाहरुमा तीन जना पुरुष र एक महिला थिइन् । मारिएका व्यक्तिहरु आफ्नो कोठामा खाना खाइरहेका बखत ती मजदूर जबर्जस्ती भित्र पसेर गोली चलाएको प्रहरीले बताएको छ । प्रहरीले ती शंकास्पद व्यक्तिलाई पक्राउ गर्नुका साथै उनीसँग रहेको हतियार बरामद गरेको छ ।

गोली चलाउनुको कारण थाहा हुन सकेको छैन । सिन्ह्वा

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage