scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

इक्वेडरविरुद्ध अर्जेन्टिनाले ६ गोल हानेपछि…

काठमाडौँ, २७ असोज । अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ६–१ गोलले पराजित गरेको छ ।

अर्जेन्टिनाका लागि लुकास एलारिओले २० औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । लिएनार्डो पारेडेसले ३२ औँ मिनेटमा पाएको पेनाल्टीमार्फत गोल गरे । खेलको २७ औँ मिनेटमा इक्वेडरका जोन स्पिनोजाले आत्मघाती गोल गरे । पहिलो हाफमा नै तीन गोलले पछि परेको इक्वेडर दोस्रो हाफमा थप निराश भएको थियो ।

खेलको ४९ औँ मिनेटमा एन्जल मिनाले इक्वेडरका लागि एक गोल गरेता पनि अर्जेन्टिनालाई भने रोक्न सकेन ।

खेलको ६६ औँ मिनेटमा जर्मन पिजेला, ८२ औँ मिनेटमा निकोलास डोमिन्गुएज तथा ८६ औँ मिनेटमा लुकास ओकाम्पोसले गोल गरे ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage