scheduleआइतवार मंसिर १ गते, २०७६

नेपाली महिला भलिबल टोली प्रशिक्षणका लागि थाइल्याण्ड जाँदै

फाइल तस्बिर

काठमाडौं, २७ असोज । आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) र पहिलो एभीसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको तयारीमा रहेको नेपाली महिला भलिबल टोलीको बन्द प्रशिक्षण थाइल्यान्डमा हुने भएको छ ।

नेपाल भलिबल संघले मंगलबार बिहान टोलीको बिदाइ कार्यक्रम राखेको छ ।राष्ट्रिय खेलकुद परिषद (राखेप) को सहयोग र नेपाल भलिबल संघको समन्वयमा नेपालले करिव २६ दिन थाइल्यान्डमा प्रशिक्षणका साथै केही अभ्यास खेल खेल्ने मौका पाएको हो । १८ खेलाडी, तीन प्रशिक्षक र १ व्यवस्थापक गरी २२ सदस्यीय नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गर्ने तालिका रहेको छ ।

प्रथम एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप कात्तिक २२ देखि २७ गतेसम्म बंगलादेशमा आयोजना हुदैछ । त्यस्तै १३औं साग काठमाडौं र पोखरामा मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुदैछ ।

यस्तो छ थाइल्याण्ड जाने २२ सदस्यीय नेपाली टोली:
प्रतिभा माली – प्रदेश ३
सरस्वती चौधरी – एपीएफ
निरुता ठगुन्ना –
अरुणा शाही – गण्डकी प्रदेश
कमला पुन – पुलिस
रेश्मा भण्डारी – एपीएफ
जानकी भण्डारी – आर्मी
उषा भण्डारी – पुलिस
लक्ष्मी पुन – आर्मी
हिरा केसी – एपीएफ
उषा विष्ट – एपीएफ
संगम महतो – आर्मी
शान्ति थारु – आर्मी
सुनिता खड्का – आर्मी
पुनम चन्द – गण्डकी प्रदेश
शान्ति तामाङ – पुलिस
सलिना श्रेष्ठ – प्रदेश ३
आरती सुवेदी – प्रदेश ३
जगदिश भट्ट – मुख्य प्रशिक्षक
सलिना श्रेष्ठ – प्रशिक्षक
भरत यादव– प्रशिक्षक
रीता कोइराला – टिम व्यवस्थापक

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage