scheduleबुधवार कार्तिक २७ गते, २०७६

महात्मा गान्धीको आत्महत्या प्रयास प्रसंगबारे गुजरातमा विवाद

नयाँ दिल्ली, २७ असोज । भारतको गुजराजमा ९ कक्षाको एक आन्तरिक परीक्षमा सोधिएको प्रश्नलाई दिएर विवाद चुलिएको छ । प्रश्न महात्मा गान्धीले गरेको आत्महत्या प्रयाससँग जोडिएको छ ।

ऐतिहासिक तथ्यहरु खोज्दा गान्धीले आत्महत्याको प्रयास गरेको सन्दर्भ झूटो भने होइन । प्रश्नसँग जोडिएर किन विवाद भयो त ? यसबारे भने बुझ्न आवश्यक छ ।

समस्या उक्त प्रसंगको गलत अनुवाद र महात्मा गान्धीको जीवनको उक्त घटनाबारे जानकारी नहुनाले मानिसहरुमा भ्रम परिरहेको छ । प्रश्न गुजराती भाषामा सोधिएको थियो । प्रश्नमा भनिएको छ, ‘महात्मा गान्धीले आत्महत्याका लागि के गरे ?

तर, कतिपय समाचारहरुमा यसलाई यसरी उल्था गरियो, ‘महात्मा गान्धीले आत्महत्या कसरी गरे ?

यो विवादलाई यहीँ छाडौं । प्रसंग चलि नै गएपछि गान्धीको बाल्यकालको उक्त घटनाको चर्चा यहाँ गर्नै पर्छ जतिबेला उनले आत्महत्याको प्रयास गरेका थिए ।
आत्महत्याबारे धेरैले सोच्छन् तर मानिसहरु मृत्यूको डरले गर्दा आत्महत्याको निर्णयबाट पछाडि हटिहाल्छन् ।

धुम्रपानको लत
गान्धीले आफ्नो आत्मकथा ‘सत्यको प्रयोग’मा बाल्यकालसँग जोडिएको उक्त घटनाको स्मरण गरेका छन् । उनले आफ्नो एक नातेदारसँग बाल्यकालमा धुम्रपान गर्ने लत परेको बताएका छन् । उनीसँग बाल्यकालमा बिंडी किन्ने पैसा थिएन । उनको काका पनि बिंडी पिउँथे । उनले पिएर फ्यांकेको बिंडीको ठूटोलाई जम्मा गरेर गान्धी र उनका एक नातेदार बिंडी पिउने गर्थे ।

तर बि‌ंडीको ठूटाहरु सधैं त भेटिन्न थियो । तीमध्ये कतिपयबाट धुँवा नै आउँदैनथ्यो अर्थात् त्यो बाँकी सेवनको लागि लायक हुँदैनथ्यो । त्यसपछि उनीहरुले घरको नोकरको गोजीबाट पैसा चोर्न सुरु गरे ।

आत्महत्याको प्रयास

बिं‌डी पिउने लगत लागेपछि गान्धीलाई आफूले हरेक कुरा ठूलाबडासँग सोधेर नै गर्नुपर्छ भन्ने लाग्यो । आफ्नो रुचिअनुसार केही गर्न नपाइने रहेछ भन्ने उनलाई लाग्यो । उनी निराश भए र आत्महत्या गर्ने फैसला गरे ।

आत्महत्या त गर्ने ! तर कसरी ? उनले आत्महत्याको लागि धतुरोको बियाँ रोजे ।

गान्धीले आत्मकथामा यस घटनाबारे यसरी उल्लेख गरेका छन्, ‘आफ्नो पराधिनताले हामीलाई हल्लाउन थाल्यो । ठूलाबडाको आदेशबिना हामीले केही पनि गर्न सक्दैनौं भन्ने कुराप्रति हामीलाई दुःख लागेको थियो । हामीलाई दिक्क लाग्यो र हामीले आत्महत्या गर्ने निर्णय गर्‍यौं । धतुरोकी बियाँ खाएपछि मरिन्छ भनेर हामीले सुनेका थियौं । हामीले जंगलमा गएर धतुरोको बियाँ ल्यायौं । साँझको समय रोज्यौं हामीले । केदारनाथको मन्दिरको दीपमालामा घिऊ चढायौं, दर्शन गर्‍यौं र एकान्त ठाउँ खोज्यौं, तर विष खाने हिम्मत आएन । यदि तत्काल मृत्यू भएन भने के हुन्छ ? मरेर के फाइदा हुन्छ ? किन पराधिनता नसहने ? यद्यपि, २/४ वटा बियाँ त खायौं । त्यहाँभन्दा धेरै खाने हिम्मत आएन । हामी दुवै मृत्यूसँग डरायौं र रामको मन्दिरमा दर्शन गरेर शान्त हुने र आत्महत्याको कुरा बिर्सने निर्णय गर्‍यौं ।’

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage