scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

सीको भ्रमणबारे साझा पार्टीका संयोजक मिश्रका १० टिप्पणी

काठमाडौं, २७ असोज । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्धमा गुमेको साख माथि उठेको टिप्पणी गरेका छन् ।

नेपालको दुईदिने राजकीय भ्रमण पूरा गरी सी स्वदेश फर्किएको भोलिपल्ट मिश्रले आफ्नो फेसबुक पेजमार्फत १० टिप्पणी सार्वजनिक गरेका हुन् ।

यस्तो छ उनको टिप्पणी

१. चिनियाँ राष्ट्रपति सीको भ्रमण र भएका समझदारी/संझौताहरूले धेरै लामो समयदेखि नेपालको अन्तराष्ट्रिय संवन्धमा गुमेको साखलाई उठाउन मद्दत गरेको छ।

२. सीद्वारा प्रयुक्त ‘भूजडित’ शब्द नेपाली कुटनीतिमा फाट्टफुट्ट प्रयोग हुने गरेको थियो। अब यो नेपालको भूराजनीतिको अभिन्न अवधारणा बन्नेछ।

३. चिनले नेपाललाई विकास र संमृद्धिको ‘रणनीतिक साझेदार’ का रूपमा उल्लेख गर्दै त्यसै अनुरूपका कदमहरू चालेर नेपालका लागि चिनमात्र होइन, चिनका लागि नेपाल पनि त्यत्तिकै महत्वपूर्ण छ भन्ने स्पष्ट सन्देश दिएको छ। यो बदलिँदो विश्व राजनीतिको परिणाम हो।

४. यो भ्रमण र समझदारी/संझौताप्रति केही राष्ट्रहरूले विस्तारै देखिने/नदेखिने गरि विविध शैलीमा प्रतिकृया जनाउने छन्। त्यो हाम्रालागि अर्थपूर्ण हुनेछ। त्यसलाई ह्याण्डल गर्न कुटनीतिक दक्षताको आवश्यकता पर्छ।

५. वाचा गरिएका प्रतिवद्धता विरलै पुरा हुने विगत भएको परिप्रेक्षमा “वाचा गरेका प्रतिवद्धता पुरा गर्नैपर्ने” अडानले नेपाली पक्षलाई आश्वस्त पारेको हुनु पर्छ। तर त्यो नेपालको काम गराईको शैलीमाथिको कुटनीतिक टिप्पणी पनि हो।

६. गरिएका वाचा पुरा गर्न नेपालले निरन्तर लागि पर्नु पर्छ र काम शुरू भएपछि वातावरण अुनकूल बनाइदिनु पर्छ। ठेकदारहरू काम छोडेर भागेको स्थिति हामीले बारम्बार बेहोरेका छौँ। नेपाल त हो भनेर गुणस्तरमा संझौता गरेको पनि देखेका छौँ।

७. चिनियाँ राष्ट्रपतिको भ्रमणको परिप्रेक्षमा हाम्रा लागि महत्वपूर्ण अन्य केही राष्ट्रका कार्यकारी प्रमुखहरूको भ्रमणका लागि पहल गर्न अहिले उचित समय छ।

८. नेपालको राजनीतिक र प्रशासनिक तहमा सुशासन र छिटो/छरितो दक्षतापूर्ण काम गराईका लागि आमूल परिवर्तनकारी कदमहरू नउठाउने हो भने बदलिएको भूराजनीतिबाट हामीले फाइदा उठाउन सक्दैनौँ।

९. हामी चुक्यौँ भने हाम्रो राष्ट्रिय स्वार्थका लागि अरूले काँध थापिदिने छैनन्। उनीहरूकै स्वार्थ प्रधान हुनेछ, जसको चेपुवामा हामी पर्नेछौँ।

१०. यो ऐतिहासिक भ्रमणको तयारी गर्ने र सफल बनाउने सबै धन्यवादका पात्र हुनुहुन्छ।

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage