scheduleबिहिवार मंसिर १८ गते, २०७७

महरालाई मंगलबार अस्पतालबाटै अदालत लगिने

फाइल फोटो

काठमाडौँ, २७ असोज । आफ्नै कर्मचारीमाथि यौन दूराचारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार अस्पतालबाटै काठमाडौं जिल्ला अदालत लगिने भएको छ । महरा स्वास्थ्यमा समस्या आएपछि अस्पतालमा उपचार गरिरहेका छन् ।

प्रहरीका अनुसार थुनामा राखेर थप अनुसनधानको गर्न म्याद थपका लागि महरालाई अदालत हाजिर गराउन लागिएको हो । मुटु र श्वासप्रश्वासमा समस्या देखिएपछि महरा भदौ २३ गतेदेखि थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरेर उपचार गरिरहेका छन् ।

यसअघि महरालाई स्वास्थ्य अवस्थाका कारण अस्पतालबाटै बयान लिने तयारी भइरहेको खबर सार्वजनिक भएको थियो । जिल्ला अदालत काठमाडौंले गत १९ गते पक्राउ पूर्जी जारी गरेपछि सभामुख निवासबाटै पक्राउ परेका उनी औपचारिकरुपमा प्रहरी हिरासतमा छन् । महरालाई थुनामा राख‍ेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेपनि विभिन्न सार्वजनिक बिदाका कारण अदालत उपस्थित गराउन सकिएको थिएन ।

महरालाई मंगलबार अदालतमा उपस्थति गराएर म्याद थप्ने तयारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले आज महरालाई अदालत लैजाने तयारी गरेपनि देशैभरका अदालत बन्द भएपछि मंगलबार अदालत हाजिर गर्न लागिएको जनाएको छ। सोमबार पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा अदालत बन्द गरिएको छ।

यो पनि-

विदै विदाले महरालाई झन् तनाव

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay