scheduleसोमवारबैशाख ६ गते, २०७८

पुलको माग गर्दै ३७ दिनदेखि जारी अनशन स्थगित


बैतडी, २७ असोज । बैतडीको नेपाल भारत सीमा झुलाट नाकामा पक्की पुल निर्माणको माग गर्दै जारी रिले अनशन आजबाट स्थगित गरिएको छ । गत भदौदेखि पक्की पुल निर्माणको माग राख्दै अनशन बसे पनि सरकारले कुनै प्रतिक्रिया नदिएपछि बाध्य भएर अनशन स्थगित गरिएको पुलनिर्माण संघर्ष समितिका संयोजक एवं उद्योग वाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्दले बताए ।

आज पक्की पुल निर्माण संघर्ष समितीले प्रेस विज्ञप्ति जारी गर्दै अनशन स्थगित भएको जनाएको हो । सरकारको ध्यान आर्कषण गराउन खोज्दा पनि झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि सरकारबाट कुनै कदम नचालिनु दुर्भाग्य र विडम्बना भएको भन्दै पक्की पुल निर्माण संघर्ष समिति संयोजक चन्दद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay