scheduleआइतवार मंसिर १ गते, २०७६

१० जना खेलाडीमा सिमित युक्रेनले रोनाल्डोको पोर्चुगललाई हरायो

काठमाडौँ, २८ असोज । १० जनामा सिमित युक्रेनले पोर्चुगललाई पराजित गर्न सफल भएको छ । युरो कप छनोट खेलमा पोर्चुगललाई युक्रेनले २-१ गोलले पराजित गरेको हो ।

खेलको छैटौँ मिनेटमा रोमनले गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए ।

खेलको २७ औँ मिनेटमा एन्द्रीले गोल गरे । दुई गोलको अग्रता बनाएको युक्रेनलाई खेलको ७२ औँ मिनेटमा तरासले रातो कार्ड पाएपछि झट्का लागेको थियो ।

खेलको ७२ औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै रोनाल्डोले पोर्चुगललाई खेलमा फर्काउन कोसिस गरे ।

तर, त्यसपछि खेलमा गोल हुन सकेन र रोनाल्डोको पोर्चुगल पराजित हुन पुग्यो । शिर्षस्थानमा रहेको युक्रेनको १९ अंक रहेको छ भने पोर्चुगलको ११ अंक रहेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage