scheduleबुधवार मंसिर ४ गते, २०७६

‘अन्य ग्रहमा गएर बस्न संभव छैन, सुन्दर पृथ्वीलाई कसरी बचाउने भनेर सोचौं’

काठमाडौं, २८ असोज ।  यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार स्विस वैज्ञानिक माइकल मेयर तथा डिडियर क्वेलोज तथा  अमेरिकी वैज्ञानिक जेम्स पिबल्सले पाउने भएका छन् ।

तीनै जना वैज्ञानिकहरुलाई खगोलशास्त्रको अध्ययनमा महत्वपूर्ण योगदान पुर्‍याएबापत नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ ।

मेयरसहित नोबेल पुरस्कार पाएका क्वलोज र पिबल्सले सन् १९९५ मा पहिलो पटक सौर्यमण्डलभन्दा बाहिर समेत ग्रह रहेको पत्ता लगाएका थिए । तर सौर्य मण्डलभन्दा बाहिर रहेका ग्रहमा मानव जाति गएर बस्न सक्ने कुरा लगभग असंभव भएको मेयरको भनाइ छ ।

पृथ्वी समेत रहेको सौर्यमण्डलभन्दा रहेका ग्रहमा मानव जातिले बसाइँसराइँ गर्ने कुरा काल्पनिक भएको मेयरले बताए । निकै टाढा रहेका त्यस्ता ग्रहमा पुग्न हजारौं वर्ष लाग्ने भएकाले सौर्य मण्डलभन्दा बाहिर रहेका ग्रहमा गएर बस्ने कुरा असंभव रहेको उनको तर्क छ ।

अन्यत्र रहेका ग्रहमा गएर बस्ने विचारको सट्टा पृथ्वीको हेरचाह र संरक्षण गर्ने हो भने मानव जाति लामो समयसम्म अस्तित्वमा रहन सक्ने मेयरले बताए ।

सौर्य मण्डलभन्दा बाहिर रहेका ग्रहमा बसाइँसराइँ गर्ने कुरा काल्पनिक र असंभव दुबै भएको भन्दै मेयरे भने, ‘ती ग्रह पृथ्वीबाट निकै टाढा छन् र त्यहाँ गएर बस्ने कुरा असंभव र काल्पनिक छ ।’

‘करोडौं दिन लाग्ने ग्रहमा बस्ने कुरा गर्नुको सट्टा निकै सुन्दर र बस्न योग्य पृथ्वीलाई कसरी बचाउने भनेर सोच्नुपर्छ’, उनले थपे ।

मेयरसहित नोबेल पुरस्कार पाएका क्वलोज र पिबल्सले सन् १९९५ मा पहिलो पटक सौर्यमण्डलभन्दा बाहिर समेत ग्रह रहेको पत्ता लगाएका थिए । उनीहरुले पत्ता लगाएको ‘५१ पेगासी बी’ नामक ग्रह वृहस्पति जत्रै छ ।

सन् १९९५ यता हालसम्म सौर्यमण्डलभन्दा बाहिर ४ हजार ग्रह रहेको पत्ता लागिसकेको छ । सौर्यमण्डलभन्दा बाहिर रहेका ग्रहमा प्राणीको अस्तित्व छ/छैन भनेर पत्ता लगाउने जिम्मेवारी भावी पुस्ताको रहेको समेत मेयरले बताए ।

‘हामीलाई ती ग्रहमा प्राणीको अस्तित्व छ/छैन भनेर केही थाहा छैन’, मेयरले भने, ‘अस्तित्वबारे खोज गर्नका लागि अत्याधुनिक प्रविधि चाहिन्छ  र यस्तो खोज भावी पुस्ताले गर्ने छ।’

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage