scheduleमगलवार मंसिर ३ गते, २०७६

तोडफोडमा उत्रने सांसदलाई पक्राउ गर्न प्रहरीले पत्र काट्यो


जनकपुर, २८ असोज । उडान ढिलो भएको भन्दै बुद्ध एयरको काउन्टर तोडफोड गर्ने प्रतिनिधिसभाका सांसद प्रमोद साहलाई प्रहरीले पक्राउ गर्ने भएको छ । सांसद साहले सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए ।

सांसद साहलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले पत्र काटेको छ । सांसद साह यतिबेला काठमाडौंमा छन् । उनलाई पक्राउ गरेर बुझाउन जिल्ला प्रहरी कार्यालय धनुषाले महानगरीय प्रहरी कार्यालयलाई मंगलबार पत्र लेखेको हो । धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले सांसद साहलाई पक्राउ गर्न पत्र काठमाडौं पठाउने प्रकृया थालिएको पुष्टि गरे ।

प्रहरीका अनुसार गैर सैनिक हवाइ उडान २०१५ अन्तर्गत सांसद साहमाथि उजुरी परेपछि उजुरी दर्ता गरेर उनलाई पक्राउ गर्न पत्र काटिएको हो ।

बुद्ध एयरको जहाज निर्धारित समयभन्दा ३ घण्टा ढिला भएपछि सांसद साह सोमबार तोडफोडमा उत्रिएका थिए । सांसद साहको उक्त क्रियाकलापको विरुद्ध नागरिक उड्डयन कार्यालय, जनकपुरका प्रमुख सन्तोष ढकालले विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको र हवाई उडानमा बाधा उत्पन्न गरेको भन्दै सोमबार साँझ नै जिल्ला प्रहरी कार्यालय, धनुषामा उजुरी दिएका थिए  ।

सांसद साहले तोडफोडको घटनाबारे सामाजिक सञ्जालमार्फत् स्पष्टीकरण दिएका छन् । उनले आफ्नो फेसवुक वालमा एयरपोर्ट प्रकरणबारे थप प्रष्टिकरण दिएका हुन् । जनकपुर विमानस्थलमा लामो समयदेखि यात्रुहरु एयरलायन्सको बेथिति भोगिरहेको र आफू काबू भएर सोमबार लात्ती हिर्काएको उनको स्पष्टोक्ति छ ।

‘एउटा जिम्मेवारी व्यक्तिको हैसियतले एयरलायन्सको गल्ती र मनोमानी क्रियाकलापको विरोध गरेको हुँ, जनताले दिएको मतको अपमान भइरहेकोले चुप लागेर बस्न सकिन्न । यो गल्ती हो भने कारवाही भोग्न तयार छु,’ सांसद साहले लेखेका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage