scheduleबुधवार कार्तिक २७ गते, २०७६

राष्ट्रिय टोलीको कप्तानी छाड्ने पारस खड्काको घोषणा

काठमाडौं, २८ असोज । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले कप्तानी पद छाडेको घोषणा गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा अंग्रेजी भाषामा एक पोष्ट गर्दै खड्काले कप्तानी छोडेको बताएका हुन् ।

‘क्यानमाथि लगाइएको प्रतिबन्ध फुकुवा भएकोमा निकै खुशी लागेको छ र नयाँ समितिले नेपाली क्रिकेट, खेलाडी र सरोकारवालाको उन्नति र विकासमा काम गरोस् भन्ने शुभकामना दिन चाहन्छु’, खड्काले आफ्नो पोष्टमा लेखेका छन्, ‘आजैदेखि नेपाली टोलीको कप्तानीबाट राजीनामा दिने निर्णय समेत गरेको छु ।’

नयाँ जोश र प्रतिबद्धतासहित सबैलाई संलग्न गराएर नेपाली क्रिकेटलाई अघि बढाउनु पर्ने समेत खड्काको भनाइ छ । साथै उनले आफ्नो सफल क्रिकेट यात्रामा सहयोग गर्ने सबै खेलाडी, प्रशिक्षक, अम्पाएर, शुभचिन्तक र परिवारका सदस्यलाई पनि धन्यवाद दिएका छन् ।

खड्का नेपाली क्रिकेटमा सर्वाधिक सफल कप्तान र खेलाडी मानिन्छन् ।

खड्काले सन् २००९ देखि राष्ट्रिय टोलीको कप्तानी सम्हादै आएका थिए । उनको कप्तानीमा नै नेपाल विश्वमा उदाहरणीय क्रिकेट टोलीको रुपमा उदाएको थियो । सन् २००९ मा विनोद दासपछि पारसले कप्तानको जिम्मेवारी पाएका थिए ।

उनले एसीसी टी २० एलिट कपमा मलेसियाविरुद्ध पहिलो पटक कप्तानी गरेका थिए । पारसको कप्तानीमा नेपालले डिभिजन ५ देखी ३ सम्मको उपाधि जितेको छ । त्यस्तै पारसले सन् २०१४ मा नेपाललाई पहिलो पटक टि ट्वान्टी विश्वकप खेलाएका थिए ।

पारसले आफ्नो कप्तानीमा नेपाललाई वान डे मान्यता, पहिलो वान डे सिरिज र टि ट्वान्टी सिरिज जिताएका थिए । पारस नेपालबाट वान डे र टि ट्वान्टी दुबैमा शतक प्रहार गर्ने एक्लो र पहिलो खेलाडी समेत हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले २०७३ बैशाखमा लगाएको निलम्बन सोमवार मात्रै शर्तसहित फुकुवा गरेको छ । फुकुवा भएको अर्को दिन पारसले कप्तानी पद छाडेका हुन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage