scheduleआइतवार मंसिर १ गते, २०७६

एनआरएनले नेपालको विकास र समृद्धिमा हातेमालो गर्नुपर्छ: राष्ट्रपति भण्डारी

फाइल फोटो

काठमाडौं, २८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको विकास र  समृद्धिका लागि गैरआवासीय नेपाली (एनआरएन) हरुले हातेमालो गर्नुपर्ने बताएकी छन् ।

काठमाडौंमा गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । नेपाल आर्थिक समृद्धि र विकासको चरणमा प्रवेश गरिसकेको र यस चरणमा एनआरएनले साझेदारी गर्नुपर्ने उनको भनाइ छ ।

‘आर्थिक सामाजिक विकासको युकान्तकारी चरणमा प्रवेश गरेको छ, देश विकासका लागि एआरएनएले योगदान दिनुपर्छ,’ भण्डारीले भनिन्।

काठमाडौंमा मंगलबारदेखि गैरआवासीय नेपाली संघको विश्व सम्मेलन सुरु भएको छ । सम्मेलन नयाँ नेतृत्व चयन गर्दै बिहीबार सम्पन्न हुनेछ।

एनआरएनको अध्यक्षमा उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्तले प्रतिस्पर्धा गर्दैछन्।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage