scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

बुद्ध एयरको काउण्टर तोडफोड गर्ने सांसद साह पक्राउ

काठमाडौं, २८ असोज । उडान ढिलो भएको भन्दै बुद्ध एयरको काउन्टर तोडफोड गर्ने प्रतिनिधिसभाका सांसद प्रमोद साहलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले साहलाई त्रिभुवन विमानस्थलबाट मंगलबार दिउँसो पक्राउ गरेको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओखलढुंगातर्फ जाँदै गर्दा उनलाई नियन्त्रणमा लिएको थियो ।

सांसद साहले सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए । उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले पत्र काटेपछि प्रहरीले पक्राउ गरेको हो ।

बुद्ध एयरको जहाज निर्धारित समयभन्दा ३ घण्टा ढिला भएपछि सांसद साह सोमबार तोडफोडमा उत्रिएका थिए । सांसद साहको उक्त क्रियाकलापको विरुद्ध नागरिक उड्डयन कार्यालय, जनकपुरका प्रमुख सन्तोष ढकालले विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको र हवाई उडानमा बाधा उत्पन्न गरेको भन्दै सोमबार साँझ नै जिल्ला प्रहरी कार्यालय, धनुषामा उजुरी दिएका थिए  ।

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage