scheduleबुधवार कार्तिक २७ गते, २०७६

पारसको अप्रत्यासित राजीनामापछि ट्विटरमा कसले के भने ?


काठमाडौं, २८ असोज । चर्चित न‍ेपाली क्रिकेटर पारस खड्काले राष्ट्रिय टोलीको कप्तानी छाड्ने घोषणा गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै खड्काले कप्तानी छोडेको बताएका हुन् ।

‘क्यानमाथि लगाइएको प्रतिबन्ध फुकुवा भएकोमा निकै खुशी लागेको छ र नयाँ समितिले नेपाली क्रिकेट, खेलाडी र सरोकारवालाको उन्नति र विकासमा काम गरोस् भन्ने शुभकामना दिन चाहन्छु’, खड्काले आफ्नो पोष्टमा लेखेका छन्, ‘आजैदेखि नेपाली टोलीको कप्तानीबाट राजीनामा दिने निर्णय समेत गरेको छु ।’

नयाँ जोश र प्रतिबद्धतासहित सबैलाई संलग्न गराएर नेपाली क्रिकेटलाई अघि बढाउनु पर्ने समेत खड्काको भनाइ छ । साथै उनले आफ्नो सफल क्रिकेट यात्रामा सहयोग गर्ने सबै खेलाडी, प्रशिक्षक, अम्पाएर, शुभचिन्तक र परिवारका सदस्यलाई पनि धन्यवाद दिएका छन् ।

राजीनामा दिने घोषणा गरेपछि उनका फ्यान भने निराश देखिएका छन् । खड्काले राजीनामा दिने घोषणा गरेपछि सामाजिक सञ्जाल ट्विटरमा उनका फ्यानले विभिन्न प्रतिक्रिया दिएका छन् । कतिपयले खड्काको निर्णय दु:खद भएको बताएका छन् । त्यस्तै केहीले निर्णय फिर्ता गर्न अनुरोध गरेका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage