scheduleबुधवार कार्तिक २७ गते, २०७६

भावी कप्तानका लागि पारसको दुई सिफारिस


काठमाडाैं, २८ असोज । नेपाली क्रिकेट टिमको कप्तानी छाडेको घोषणा गरेका पारस खड्काले भावी कप्तानका लागि दुई व्यक्तितर्फ संकेत गरेका छन् । उनले अबको कप्तान ज्ञानेन्द्र मल्ललाई बनाउँदा उपयुक्त हुने उल्लेख गर्दै त्यसका लागि आफ्ना तर्क राखे ।

राष्ट्रिय टोलीको सिनियर खेलाडी रहेकोले कम्तीमा एक वर्ष मल्ललाई नेपाली क्रिकेट टिमको कप्तानी गर्न दिनु उपयुक्त हुने उनको तर्क छ ।

कप्तान कसलाई बनाउने भन्ने निर्णय नेपाल क्रिकेट संघ र छनोटकर्ताहरुमा निहित रहेको स्पष्ट पार्दै उनले त्यसपछिको नेतृत्वका लागि दीपेन्द्रसिंह ऐरिलगायत अरु पनि क्षमतावान खेलाडी रहेको स्पष्ट बनाए ।

उनले केही समय आफू खेलमैदानबाट बाहिर रहने संकेत गरे । लामो समयसम्म दोहोरो जिम्मेवारीमा रहेकोले केही समय विश्राम गर्ने उनको तर्क छ । विश्रामपछि स्थान पाएको अवस्थामा मैदान फर्कने पनि उनले बताए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage