scheduleशुक्रवार जेष्ठ १६ गते, २०७७

महरा प्रकरण : अदालतमा बहस सकियो

काठमाडाैं, २८ असोज । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई साधारण तारेखमा छोड्ने कि थुनामै राखेर अनुसन्धान गर्ने भन्ने विषयमा काठमाडाैं जिल्ला अदालतमा बहस सकिएको छ  ।

सरकारी वकिलको कार्यालयले महरालाई थप तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न पाउनुपर्ने जिकिर गरेको  छ। आवश्यक अनुसन्धान पूरा  भएपनि अन्य बाँकी प्रक्रिया पूरा गर्नका लागि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् अदालतसमक्ष १३ दिनको म्याद मागेको हो।

न्यायाधीश दीपककुमार दाहालको इजलासमा भएको बहसमा सरकारका तर्फबाट एक जना सरकारी वकिलले बहस गरेका थिए भने महराको तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठसहित चार जनाले बहस गरेका थिए । अहिले दुवै पक्षको बहस सकिएकाले अदालतको आदेश कुरेर बसेको स्रोतले जनाएको छ  ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय