scheduleबिहिवार कार्तिक २८ गते, २०७६

चक्कुले घाँटी रेटेर आत्महत्या


धादिङ, २८ असोज । धादिङमा एक व्यक्तिले गरिबीको कारण आत्महत्या गरेका छन् । सिद्धलेक-२ नलाङको हात्तीसुडेका घर भएका ५० वर्षीय गोपालबहादुर ब्याजबासी मगरले चक्कुले घाँटी रेटेर आत्महत्या गरेका हुन् ।
मंगलबार बिहान चक्कुले घाँटी रेटिएको अवस्थामा भेटिएपछि स्थानीयले उपचारको लागि अस्पताल लग्नेक्रममा उनको बाटैमा मृत्यू भएको हो ।

मगरले तरकारी काट्ने चक्कुले घाटी रेट्दा अत्यधिक रक्तश्राव भएको थियो । गोपालको आमा र श्रीमती नै गम्भीर बिरामी छन् । परिवारको एक्लो छोरा उनी घरमा बिरामी र गरिबीको कारण तनावमा रहेका थिए ।

मगरको शव जिल्ला अस्पताल धादिङमा रहेको र थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सुचना अधिकारी रुपक खड्काले जानकारी दिए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage