scheduleबुधवार कार्तिक २७ गते, २०७६

सांसद पक्राउको विरोधमा राजपाको प्रदर्शन, रिहा नगरे आन्दोलन गर्ने चेतावनी


जनकपुर, २८ असोज । राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताहरुले आफ्नो पार्टीका सांसद पक्राउको विरोधमा जनकपुरमा प्रदर्शन गरेका छन् । सोमबार जहाज ढिलो भएको भन्दै तोडफोडमा उत्रिएका सांसद प्रमोद यादव पक्राउ परेपछि राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताले जनकपुरमा प्रदर्शन गरेका हुन् ।

जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि मंगलबार काठमाडौं विमानस्थलबाट राजपा सांसद साहलाई प्रहरीले पक्राउ गरेको थियो । आफ्नो पार्टीका सांसदलाई प्रहरीले पक्राउ गरेर जनकपुर ल्याएको थाहा पाएपछि नेता कार्यकर्ताहरु विरोधमा उत्रिँदै नाराबाजी गरेका छन् ।

प्रदर्शनकारीले प्रहरी प्रशासन मुर्दावाद,सांसद साहलाई रिहा गर भन्दै नाराबाजीसहित प्रदर्शन गरेका छन् । काठमाडौंबाट पक्राउ गरी जनकपुर पुर्‍याइएका सांसद साहका नेता कार्यकर्ताले प्रहरीलाई अवरोध पनि गरेका थिए । राजपा सांसद पक्राउको विरोधमा उक्त पार्टीका प्रदेश सांसद तथा प्रमुख सचेतक परमेश्वर साहले आन्दोलनको चेतावनी दिएका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage