scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

सी भ्रमणलाई तत्कालको लाभहानीको रुपमा विश्लेषण नगरौंः मन्त्री बास्कोटा

फाइल तस्बिर

काठमाडौं, २८ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणलाई तत्काल हुने लाभहानीको रुपमा विश्लेषण नगर्न आग्रह गरेका छन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण असाधारण रुपले सफल रहेको उल्लेख गर्दै त्यसलाई तत्काल हुने लाभहानीको रुपमा हेर्न नहुने पनि स्पष्ट पारे । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणले दुई मुलुकको बीचको सम्बन्धलाई सगरमाथाको उचाईमा पुर्‍याएको पनि बताए ।

त्यसबाट सिंगो नेपाल र नेपाली जनता अत्यन्तै खुसी भएको मन्त्री बास्कोटाको भनाई छ । मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपति र चीनको उचाईबाट भएको यो भ्रमणले नेपालको अन्तराष्ट्रिय स्तरमा ईज्जत, मान र प्रतिष्ठा पनि बढाएको उल्लेख गरे । ‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले दुई मुलुकबीचको न्यायो र हार्दिक सम्बन्धलाई सगरमाथा झैं उचाई र सागरझैं गहिराईमा पुर्‍याएको छ,’ मन्त्री बास्कोटाले भने,‘यसलाई आजको भोली के भयो ? भन्ने कोणबाट विश्लेषण गर्न हुन्न ।’

मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणलाई नेपालको भलो चिताउने जो कसैले पनि हार्दिकताका साथ स्वागत गरेको पनि बताए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage